काठमाडौं
बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शककोसाथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका निर्माण पक्षको दबी छ ।
चलचित्र भवनमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको अभिनयको तारिफ गरिरहेका छन् ।
“धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,” विग मुभिज पुगेका एक दर्शकले भने, “समग्रमा सिनेमाले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।”
धेरै समयपछि धुर्मुसलाई चलचित्रमा देख्न पाएको र पाँडेलगायत सक्गिोनिका कलाकारलाई चलचित्रमा देख्न पाइएकोमा दर्शकले खुशी लागेको बताएका हुन् ।
चलचित्रमा सुन्दर कर्णालीको दृश्य रहेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । चलचित्रले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।
चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य छन् । चलचित्रमा कर्णालीका सुन्दरे दृश्य समेटिएको छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् ।
चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।








प्रतिक्रिया