४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’लाई दर्शकको साथ



काठमाडौं
बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शककोसाथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका निर्माण पक्षको दबी छ ।
चलचित्र भवनमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको अभिनयको तारिफ गरिरहेका छन् ।
“धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,” विग मुभिज पुगेका एक दर्शकले भने, “समग्रमा सिनेमाले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।”
धेरै समयपछि धुर्मुसलाई चलचित्रमा देख्न पाएको र पाँडेलगायत सक्गिोनिका कलाकारलाई चलचित्रमा देख्न पाइएकोमा दर्शकले खुशी लागेको बताएका हुन् ।

चलचित्रमा सुन्दर कर्णालीको दृश्य रहेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । चलचित्रले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।
चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य छन् । चलचित्रमा कर्णालीका सुन्दरे दृश्य समेटिएको छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् ।
चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।