२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा बर्षा, आइतबारदेखि मौसम सुधार



काठमाडौँ
आज राजधानी काठमाडौंमा बर्षा भएको छ ।
अपरान्ह राजधानीका विभिन्न स्थानमा सिमसिम बर्षा भएको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले जल तथा मौसम विज्ञान विभाग, मौसम महाशाखाले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।”
दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ । महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिएका छन् । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोधसमेत गरेका थियौँ”, उनले भने, “हाल देशमा तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।