१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको मगरगाउँ माध्यमिक विद्यालयलाई मिनीटिलर सहयोग



ललितपुर । कृषि शिक्षाको पठनपाठन गरिरहेको ललितपुरको कोन्ज्योसोम गाउँपालिका -२, शंखुमा रहेको श्री मगरगाउँ माध्यमिक विद्यालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का केन्द्रीय सदस्य चन्द्रशेखर सापकोटाले मिनिटिलर सहयोग गरेका छन् ।

विद्यालय स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा वि.सं. २०८० साल फागुन १८ गतेदेखि २० गतेसम्म आयोजित स्वर्ण महोत्सव समारोहमा घोषणा गरिएको मिनिटिलर २०८१ फागुन १७ गते विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम कुमार लामा, कृषि फिल्ड, ल्याब असिस्टेन्ट नविनकुमार घिसिङलगायत स्थानीयको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

मिनिटिलर हस्तान्तरण गर्दै कृषिविज्ञ सापकोटाले आफ्नो पूर्वघोषणा अनुसार काम गरेको बताउँदै विद्यालयको सर्वाङ्गीण विकासका लागि थप केही योजनाहरु रहेको र निकट भविष्यमा विद्यालयसँग सहकार्य गर्दै थुप्रै कृषिका कार्यक्रमहरु गर्ने योजना रहेको बताए । सापकोटाले विद्यालयको स्वर्ण महोत्सव समारोहकै दिन करिब ५० किलो विभिन्न उन्नत जातको तरुल र मकैको विउविजन सहयोग गरेका थिए।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।