काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।
जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
शुक्रबार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर कल्पनालाई थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो ।







प्रतिक्रिया