भक्तपुर
अरनिको राजमार्गस्थित जगाती पुलमा मोटरसाइकलको ठक्कर दिएपछि एक बृद्ध महिलाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
प्रहरीका अनसार मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको हो ।
भक्तपुर सुर्यविनायक नगरपालिका–८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य ३ जनाको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया