१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भारतीय ‘सार्प सुटर’ समात्न प्रहरीले हान्यो गोली, गोठाटार हत्याका अभियुक्त पटेल पक्राउ



काठमाडौं । काठमाडौंमा गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ। गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
२०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो। सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ। पटेल ‘सार्प सुटर’ रहेको प्रहरीको भनाइ छ ।

पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए। उनलाई टोखाको चन्डेश्वरी अस्पतालमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ। प्रहरीले थप दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।