१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए विशेष अदालतबाट सफाइ



काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

२४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध नागरिकतामा केरमेट गरेर जन्ममिति तीन वर्ष घटाइ लाभ लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिलवालविरुद्ध पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लगाइएको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।