भोली विवाद होला । उहाँ प्रधानमन्त्री रहनु होला भन्ने हामीले सोचेनौं
ललितखबर
मधेश आन्दोलनताका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको विवादास्पद भाषण चलचित्र राजागञ्जमा समेटिएको भेटिएको छ ।
संविधानसभाबाट केही दलले छोड्दैमा संविधान बन्न नरोकिने भन्दै अध्यक्ष ओलीले सो भाषण गरेका थिए । संविधान सभाबाट बाहिरिने दलहरुलाई रुखबाट झरेका आँपको संज्ञा दिएपछि तत्किालीन समयमा विवाद भएको थियो ।
२०७२ साल भदौं २३ गते बुम्बाराहीस्थित नेकपा एमाले पार्टी कार्यालयमा गरेको सो भाषणपछि मधेशी दलहरु चिडिएका थिए भने मधेश आन्दोलन सुरु गरेका थिए । असोज ३ गते संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको थियो । केही दलले नाकाबन्दीलाई सहयोग समेत गरेका थिए ।
राजनीतिक रुपमा ठूलो हलचल र विवाद ल्याएको सो घटनाक्रमको त्यो क्षणलाई चलचित्रमा समेटिएको विषय विवाद ल्याउने भन्दै राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुले निर्माण पक्षसँग सोधखोज गरेका छन् ।
कर्यक्रममा चलचित्रका निर्देशक दिपक रौनियारले अहिले केपी ओली प्रधानमन्त्री हुने भन्ने कुरा नसोची चलचित्र बनाएको प्रतिकृया दिए । भने, ‘भोली विवाद होला । उहाँ प्रधानमन्त्री रहनु होला भन्ने हामीले सोचेनौं ।’
सञ्चारकर्मीले सो फुटेज नबुझेर राखेको कि विवाद ल्याउन जानेरै राखेको भन्दै प्रश्न गरे पनि निर्देशक रौनियारले त्यसबारे बोलेनन् ।
मधेश आन्दोलनको विषयलाई उठाएको चलचित्र राजागञ्जलाई पुजा सर नाम दिएर नेपाल बाहिर विभिन्न देशमा प्रर्दशन गरिएको थियो ।
मधेसमा आन्दोलनको क्रममा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले गरेको अपरेसन चलचित्रमा समेटिएको छ । चलचित्रमा प्रहरी इन्सपेक्टरको भूमिकामा अभिनेत्री आशा मगरातीको अभिनय छ ।
अन्तर्राष्ट्रिय महोत्सवहरुमा सिनेमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास उनको छ। आगामी चैत १ गतेबाट प्रदर्शन आउने फिल्ममा
चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय हेर्न पाइन्छ ।
निर्देशक रौनियारले निर्देशन रहेको चलचित्र भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा सहभागिता जनाएका थियो ।
आदि फिल्मस्को व्यानरमा चलचित्र निर्देशक रौनियार र अभिनेत्री मगराती र बासुरी फिल्मस्का तर्फका रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई साथै तन्हाउसर गेटका एलन आर मिलिगनले निर्माण गरेका छन् ।
चलचित्रमा तथ्यगत त्रुटि
चलचित्र राजागञ्जको सार्वजनिक ट्रेलरमा तथ्यगत त्रृटि देखिएको छ । चलचित्रमा प्रधानमन्त्रीले ‘मधेसीहरुलाई आँप भनेको’ भनिए पनि सो भाषणमा २०७२ साल भदौं २३ गते बुम्बाराहीस्थित नेकपा एमाले पार्टी कार्यालय बोलेको कुरा थियो । एक अनलाइनबाट लिइएको सो फुटेजमा पार्टी कार्यालयमा राखिएको झण्डा पनि देखिन्छ ।
सो समयमा प्रधानमन्त्रीको रुपमा स्व. सुशील कोइराला रहेका थिए । प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्न अग्रसरता लिइरहेको अवस्थामा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका थिए ।








प्रतिक्रिया