ललितखबर
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । उनको फस्ट लभ, मेरो लभ स्टोरी,हाइवे,लूट,
भिसा गर्ल,टलकजंग भर्सेस टुल्के,जिन्दगी रक्स,बाटो मुनिको फूल,सुनकेसरी जस्ता चलचित्र प्रर्दशन भएका छन् ।
उनले यी चलचित्रमा मुख्य भूमिका मात्रै होइन सहायक भएर समेत काम गरेकी छिन् ।
अभिनेत्री ऋचा शर्मा आफू जस्तो पनि भूमिका निभाउन तयार रहेको बताएकी छिन् ।
पछिल्लो समय आमाको भूमिकामा देखिन थालेकी ऋचा आफूलाई निर्देशकले हिरोको पछाडि हिड्ने भूमिका दिए पनि चलचित्र खेल्ने बताएकी छिन् । उनी भन्छिन्, ‘कलाकारले सधै मुख्य भूमिका मात्रै गर्छु भनेर पाइन्न । संसारमा यस्तो कही हुँदैन ।’ उनले राम्रो टिमको चलचित्र पाए हिरोको पछाडिबाट हिड्ने भूमिकामा समेत देखिन तयार रहेको बताइन् ।
२०६६ सालमा फस्टलभबाट आमाको भूमिकामा देखिएकी थिइन् भने त्यसपछि धेरै चलचित्रमा सहायक भूमिकामा देखिएकी छिन् ।
अभिनेत्री फरक भूमिकामा आफूलाई उभ्याउन रुचाउछिन् । उनी कमेडी च्याम्पियनको निर्णायक रमेत भएर काम गरेकी छिन् । भने ‘चलचित्र टिभी एप’ समेत सार्वजनिक गरेकी थिइन् ।








प्रतिक्रिया