१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, आन्दोलन फिर्ता



काठमाडौं । नेपाल एलपी ग्यास उद्योगीहरूले सरकारसँग पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् । मंगलबार भएको वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउनेसहित ५ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँबाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुगेको छ । ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।