२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र कलाकारलाई सम्मान तथा पुरस्कृत 



विसं २०७८ को पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराईलाई, विसं २०७९ को पुरस्कार अभिनेता तथा निर्देशक लय सङ्ग्रौलालाई, विसं २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गर्न लागिएको
काठमाडौँ
नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते विभिन्न कलाकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
सङ्घको हालै बसेको बैठकले कलाकारितामा योगदान पु¥याएका आग्रजलाई सम्मान तथा नवप्रतिभालाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।
अध्यक्ष निरौलाका अनुसार नेपाली चलचित्रमा अभिनय गरेर लामो समय निरन्तर योगदान पु¥याएका कलाकारको योगदानको कदर गर्न अभिनेत्री बसुन्धरा भुसाल अध्यक्ष रहँदा विसं २०५५ मा उक्त पुरस्कार स्थापना गरिएको थियो ।
“सङ्घको साधारणसभाको सन्दर्भ पारेर पुरस्कार प्रदान गर्ने गरेका छौँ । यसवर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै सम्मान तथा पुरस्कार प्रदान गर्दैछौँ । कलाकारको हकहितको सुरक्षासँगै कामको प्रसंशासहित प्रोत्साहनका लागि पुरस्कार र सम्मान प्रदान गर्न प्रचलन छ”, अध्यक्ष निरौलाले भने ।
अध्यक्ष निरौलाले ‘नेपाल चलचित्र कलाकार सङ्घ पुरस्कार’ केही वर्ष रोकिएकाले सम्पूर्ण पुरस्कार एकैपटक प्रदान गर्न लागिएको जानकारी दिएका छन् । अध्यक्ष निरौलाका अनुसार विसं २०७८ को पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराईलाई, विसं २०७९ को पुरस्कार अभिनेता तथा निर्देशक लय सङ्ग्रौलालाई, विसं २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गर्न लागिएको छ । उनीहरुलाई रु ७५ हजारसहित सम्मान गरिने छ ।
यस्तै, ‘शान्ति मास्के स्मृति पुरस्कार’ विसं २०८० अभिनेत्री गौरी मल्ल प्रदान गरिने सङ्घले जनाएको छ । यसको पुरस्कार राशि ५६ हजार रहेको छ । रु १० हजार राशिको स्व. गोपाल राउत स्मृति पुरस्कार कालाकार रामकाजी घिमिरेलाई प्रदान गरिने छ ।
यसका साथै सङ्घलाई सहयोग गरेवापत बर्सेनि प्रदान गर्ने ‘सम्मान’ अभिनेता धीरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाहलाई प्रदान गर्न लागिएको अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।