काठमाडौं
हास्य टेलिसिरियल ‘मेरी बास्सै’का पात्र ‘धुर्मुस’ अर्थात् सिताराम कट्टेल । हाल प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’मा ‘सोनालाल’को भूमिकामा छन् ।
चलचित्रको पोस्टर ,टिजर र ट्रेलर सार्वजनिक भएपछि थुप्रै चर्चा,परिचर्चा र विवाद भए । उनको सो चरित्रलाई धेरैले मन पनि पराए । उनले सो चरित्र निर्माण गर्न ठूलो सङ्घर्ष, मेहनत र दुःख गरेको प्रष्टै देखिएको छ ।
‘धुर्मुस’ले चलचित्र लाज शरणम्मा सोनालाल पात्र निभाउन गरेको संर्घष कम्ता थिएन । एउटा कलाकारले जीवन्त अभिनय गर्न कति दुःख गर्नुपर्छ भन्ने उनको यो संर्घष उदाहरण हो ।
जब ‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल जिग्रीले ‘सोनालाल’को कथासार तयार गरेर सिताराम कट्टेल ‘धुर्मुस’लाई प्रस्ताव गरे । सुरुमा उनी आश्चर्यमा परे । उनी सो चरित्रमा अभिनय गर्न दोधारमा थिए । उनी सो चरित्र गर्नै नपरे हुन्थ्यो भन्नेमा थिए ।

‘सोनालाल’को चरित्र निभाउन उनले शरीरको तौल बढाउनुपर्ने, दाँत बनाउनु पर्ने, नाक मिलाउनु पर्ने थियो ।
‘धुर्मुस’ले न्युरोडस्थित मुस्कान डेन्टल क्लिनिक दाँत बनाउन मिलाए । उनले मेकअप आर्टिस्ट विनोद श्रेष्ठसँग नाक बनाउन चरित्रको स्याम्पल टेस्ट पनि गरे ।
फरक क्यारेक्टर निकाल्न माक्स मेकअपब सुरु भयो । तर केमिकलले उनको टाउकाको कपालसहित छालामा समेत निस्कियो । उनी त्यसको उपचार गर्न क्यूटीस् केयर अस्पतालका सञ्चालक डाक्टर धर्मेन्द्र कर्णकोमा पुगे ।
कपाल चाँडो उम्रिन समय लाग्यो तर चलचित्रको छायांकन तुरुन्तै हुने तालिका थियो ।
सो चरित्रकाका लागि १० केजी तौल बढाउनुपर्ने थियो । तर मोटोपनका कारणले उनलाई कोलस्टोर, युरिक एसिडको सामना गर्नु प¥यो । उनी पुनः डाक्टरकोमा पुगे । डाक्टरले मोटोपन बढाएर चुनौती नमोल्न सुझाव दिएका थिए ।
‘धुर्मुस’ डाक्टरको प्रत्यक्ष निगरानीमा बसेर मोटाउने मोटाउन सुरु गरे । छायांकनमा नजाँदै पुनः उनको कोलस्टोर बढ्न थाल्यो । उनलाई डर लाग्न थाल्यो । उनी अन्य कलाकारहरूबाटै सो चरित्र निर्वाह भइदिए हुनेथियो भन्नेमा थिए ।
त्यही चरित्रका लागि भारतीय अभिनेता गोबिन्दादेखि कलाकार रवीन्द्र झालाई समेत उनले प्रस्ताव गरिएको थियो । गोविन्दाले समय अभाव देखाउदै अस्वीकार गरे भने कलाकार झाले छोटो समयमा तौल बढाउन नसकिने र व्यस्त भएका भन्दै पञ्छिए ।
कलाकार ‘धुर्मुस’ उनी मोटाउँदै थिए । कोलस्टोर मात्र नभएको उनीमा युरिक एसिड पनि बढेपछि उनी खुट्टा समेत टेक्न नसक्ने अवस्थामा पुगे ।
जब उनी उक्त चरित्र आए तर निर्माण टिमले वैशाखको अन्तिम साताबाट छायांकनका लागि तयारी गरेको चलचित्रको छायांकन रोकिन पुग्यो ।
निर्माण पक्षले भदौको अन्तिम साताबाट छायांकनका लागि जाने तयारी ग¥यो । ‘धुर्मुस’ छायांकनका लागि निर्माण टिमसँगै डोल्पा पुगे ।
एकातिर हाई अल्टिच्युट र शरीरको तौल धेरै भएको कारण उनलाई छायांकन गर्न समेत कठिन भयो । जब उनी डोल्पाको छायांकन सकेर काठमाडौं आए उनको स्वास्थ्यमा समस्या देखापर्न थाल्यो ।
‘धुर्मुस’ कोलस्टोर अत्याधिक बढेको र रगतमा बोसोको मात्रा अत्याधित भएको कारण रगत पातलो बनाउन औषधि सेवन गर्दै, पटक पटक मुटुको ई सिजी गर्दै छायांकनमा सहभागी भइरहे । छायांकनको अन्त्य अन्त्यतिर आउँदा शरीरभरि फोकैफोका देखापर्न थाल्यो । पुनः डाक्टर धर्मेन्द्र कर्णकोमा पुगेर स्किनको उपचार गराउन थाले । एकातिर कोलस्टोरको औषधि सेवन अर्कातिर स्किनको औषधि सेवन गर्दै उनले छायांकनलाई पूरा गरे ।
यसरी दुःख गरेर बनाएको चरित्रले अहिले मिडियामा ठाउँ पाइरहेको छ । विभिन्न व्यक्तिसँग तुलना भइरहेको छ ।








प्रतिक्रिया