ललितपुर
पुर्वयुवराज्ञी हिमानी शाहको सक्रियतामा सञ्चालनमा रहेको हिमानी कोषको सहयोगमा दक्षिण ललितपुरको शंखुमा निर्माण भएको वालउद्यान, शारीरिक व्यायामशाला र आकाशेपानी संकलन केन्द्र हस्तान्तरण गरिएको छ ।
शंखुस्थित मगरगाउँ माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमबीच हिमानी कोषले खेल सामग्री व्यायामशाला र आकाशेपानी संकलन केन्द्र सहयोग हस्तान्तरण गरेको हो ।
हिमानी कोषका प्रमुख कार्यकारी अधिकृत प्रदिपशमशेर राणा कानुनी सल्लाहकार अनिता के.सी, आर्थिक प्रमुख अदिती सिंह,दिपिका लाल्चन, सशांङ्कबहादुर सिंहको टोलीले सो परियोजना विद्यालयलाई हस्तान्तरण गरेको हो ।
कोषकी सदस्यसचिव शुभेच्छा शाहले आफूहरु थप साहयोग गर्न इच्छुक रहेको बताइन् ।
विद्यालयका प्रधानाध्यापक फुलध्वज लामाले कोषको सहयोगप्रति आभारी रहेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।








प्रतिक्रिया