२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जनै हराएको बाहुन’मा केकी अधिकारी र मिरुना मगर अनुबन्धित



चलचित्र ‘जनै हराएको बाहुन’को केकी अधिकारी र मिरुना मगरलाई अनुबन्धित भएका छन् । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।
‘जनै हराएको बाहुन’मा विजय बराल केही समयअघि अनुबन्ध भएका थिए । चलचित्रमा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।
केही समय अघि थिम मोसन पोस्टर सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।
‘जनै हराएको बाहुन’ डेव्यु निर्देशक हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते प्रर्दशन हुँदैछ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।