ललितपुर
एउटा चलचित्र सधै हिरो र हिरोएनको अनुहार देखिन्छ । उनीहरुको मुख्य भूमिकाको प्रभावकै कारण चलचित्र चल्ने वा नचल्ने अववस्था आउँछ ।
तर चलचित्रका लागि ठूलो भार(बोझ) निर्देशकले बोक्नु पर्छ । क्यामेरापछाडि बसेर चलचित्रका निर्देशकले सबै कलाकार र प्राविधिकहरुलाई चलाउनु पर्ने हुन्छ ।
राजधानीमा चलचित्र निर्देशकहरुले निर्देशनका विविध पक्षहरुबारे अनुभव साटेका छन् ।

निर्देशक बुढामगर चलचित्र निर्देशकले सोचेको संसार भए पनि व्यावाहारमा अर्कै किसिमको चलचित्र बन्ने अवस्था आएको कारण बोझ बढ्ने अनुभव सुनाउछन् ।
उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा निर्देशकले एउटा सोच बोकेर कथाकारसँग जाने तर कथा अर्कै बनाइदिने समस्या छ । निर्माताले चलचित्रको बजेट बढ्ने अवस्था देखेर कथा अनुसार लगानी नगरिदिने अर्को समस्या छ । चलचित्रमा सम्पादकदेखि सबै प्राविधिकहरुले आ आफ्नै सोच लिएर काम गर्ने कारण निर्देदकले सोचे अनुसार चलचित्र निर्माण नहुने बताउछन् । उनका अनुसार फरक खाले (नराम्रो)चलचित्र निर्माण हुँदा त्यो सबैको जस अपजस निर्देशकको काँधमा आउँछ ।
निर्देशक अनिल बुढामगर चलचित्रमा कलाकारको घमण्डले दुःख पाएको अनुभव सुनाउछन् । भन्छन्, ‘एक जना सिनियर कलाकारसँग रिटेक गराउदा यहाँ रिसाउनु भयो । बर्षैदेखि आफूले अभिनय गरिरहेको भन्दै हेप्नु भो । मैले उहाँलाई चलचित्रको सुटिङ छोडेर घर फर्कन सुझाव दिए । तर उहाँकै कारण सुटिङ रोक्नु पर्ने अवस्था आयो । अनि माफी मागेर काम गराउनु पर्ने भयो ।’

निर्देशक कृषा चौलागाई चलचित्रका एउटा कलाकारले आफ्नो भागमा परेको अभिनय गरेर छायांकनस्थलबाट जाने तर निर्देशकले सबै कलाकारको अभिनयलाई मूल्यांकन गरेर बोझ उठाउनु पर्ने तर्क गरिन् । उनका अनुसार चलचित्र निर्देशकले धेरै शारिरीक श्रमसँगैै मानसिक दबाब झेल्नु पर्र्छ ।
भनिन्, निर्देशकले निर्माणको काम समेत गरिदिनु पर्छ । पहुँच नभएको ठाँउमा विज्ञापनको कामदेखि स्पट व्याईसम्मलाई मनाएर काम लगाउनु पर्छ ।’
निर्देशक चौलागाई निर्माताहरु च्लचित्रका लागि पैसा लगानी गरेर मात्रै नपुग्ने बताउछिन् । निर्माताले बजार विस्तारको काममा लगानी गर्नु जरुरी रहेको उनको तर्क छ । ‘आफ्नो उत्पादनक कहाँ र कसरी बेच्ने भन्ने कुरा निर्माताले नसोचे चलचित्रले सफलता पाउन कठीन हुन्छ ।’ उनी भन्छिन् ।

निर्देशक सुजित विडारी चलचित्र निर्देशकले भावनाको कथा बोकेर चलचित्र निर्माण गर्ने तर चलचित्र क्षेत्र व्यापारको संसार भएका कारण व्यावसायमा सफलता नपाएको बताउछन् । भन्छन्, ‘चलचित्र नचल्दा त्यसको बोझ निर्देशकमा पर्छ ।’
पछिल्लो पुस्ताले नेपाली चलचित्र मन पराउन छोडेको छ । तिहारपछि कुने पनि नेपाली चलचित्रले व्यावसायिक सफलता पाएको देखिदैन । चलचित्रको सबै दृष्टिकोणबाट अघि बढाउने निर्देशकले नै यसको जस अपजस लिनुपर्छ ।
निर्देशकको सोच र भावनाले बन्ने चलचित्र व्यावसायिक नभएको बुझ्न कठीन पर्दैन । भावना एक ठाँउमा छ व्यावसायिकता चाही अर्कै कुरा हो ।
आजका पुस्ताका चलचित्र निर्देशकहरु निश्चित समुदायको कथा भन्न चलचित्र बनाइरहेका छन् । एउटा समुदाय, वर्ग र क्षेत्रको कथालाई अर्को समुदायले मन पराएको छैन, शायद । नत्र भने सुपर हिट हुनुपर्ने हो । जवसम्म नेपालीहरुको मन मनको कथा भन्न सकिन्न तवसम्म चलचित्र व्यावसायिक सफल हुन्न । चलचित्र लहडले होइन, सही सोचले बन्नुपर्छ ।








प्रतिक्रिया