काठमाडौं
गायन महेश काफ्ले र गायिका अस्मिता अधिकारी आज बैबाहिक बन्धनमा बाँधिदैछन् ।
उनीहरुको आज राजधानी काठमाडौंमा विवाह हुँदैछ । वैवाहिक कार्यक्रममा गायन क्षेत्रका उनका साथीहरु परिवारिक सदस्यहरुलाई निम्तो दिइएको छ । यस अघि उनीहरुकोे हल्दी र मेहेन्दी समारोह सम्पन्न भइसकेको छ ।
गतअसार दुबई पुगेर महेश र अस्मिताले इन्गेजमेन्ट गरेको तस्विर सार्वजनिक गरेपछि विवाहबारे उनका प्रशंसकहरुले चासो प्रकट गर्दै आएका थिए ।
पछिल्लो समय उनीहरु एउटै मञ्चमा गीत गाउदै आएका छन् ।








प्रतिक्रिया