काठमाडौं । सुन्दर यातायातको विद्युतीय बसमा बुधबार राति चार्जमा राखेका बेला आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले धुम्बाराहीस्थित सुन्दर चार्जिङ स्टेसनमा मर्मतका लागि ल्याइएको गाडीमा धुवाँ देखिएको र आगो समेत लागेको बताएको हो ।
प्र–३–०१–००५ ख ९६३९ नम्बरको बिजुली बसमा राति ११ बजेर २१ मिनेटमा घटना भएको हो । आगलागीपछि दुई दमकलसहित प्रहरी वृत महाराजगञ्जको टोलीले १२ बजेर १५ मिनेटमा पूर्ण नियन्त्रणमा लिएको जनाएको छ ।
गाडीमा आंशिक क्षति भएको र प्राविधिक टोलीले जाँच गरेको प्रहरीले जनाएको छ ।
सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले घटना सामान्य भएको र गाडीमा थोरै क्षति भएको बताएका छन् ।








प्रतिक्रिया