काठमाडौं
गायन जोडी महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रेम सम्बन्धलाई सफल बनाउदै वैवाहिक बन्धनमा बाँधिएका छन् । काठमाडौंको बबरमहलस्थित एक व्यांकेटमा उनीहरुबीच विवाह भएको हो ।

आज अपरान्ह भएको विवाह समारोहमा पारिवारिक सदस्य,संगीतकर्मीको जमघट थियो । शिरमा शिरबन्दी र फुल सिउरेकी बेहुली अस्मिता विछट्टै राम्री देखिएकी थिइन् । उनको शरिरभरि सुनका गहनले छपक्कै ढाकिएको थियो ।
सेतो दौरा सुरुवालमा सझिएका गायक महेश काफ्लेले भने दाह्री काटेका थिएनन् । कालोफ्रेम भएको चश्मा र सेतै टोपीमा उनी पनि ह्याण्डसम देखिएका छन् ।

वैवाहिक समारोहस्थल फूलै फुलले सझाइएको थियो । विवाह समारोहमा गायिका अस्मिता हँसिली देखिन्थिन् । दुवैको अनुहार उज्यालो थियो ।
उनीहरुको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफन्त र संगीतकर्मीहरुले बधाई दिइरहेका छन् ।

गतअसारमा दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफा अगाडि उभिएर पुगेर औठी साटासाट गरेपछि उनीहरुबीच प्रेम सम्बन्ध रहेको रहस्य खुलेको थियो । उनीहरुको सो इञ्जेटमेन्टपछि उनका शुभेच्छुकहरुले विवाहको विषयमा चासो राख्दै आएका थिए ।

तस्विरहरु : अल्फा पिक्चर्स नेपाल








प्रतिक्रिया