काठमाडौं
नेपालीहरुले उत्साहका साथ मनाउने होली पर्वको गीत सार्वजनिक भएको छ ।
होली पर्वको पुर्वसनध्यामा चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनल नयाँ गीत ‘होली सररर’ बोलको गीत गाएका छन् । गायक रुद्रसेन विश्वकर्माले सो गीत सार्वजनिक गरेका छन् ।
गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् ।
गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ ।
गीतका सम्बन्धमा रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !”
गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । गीत स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ ।








प्रतिक्रिया