काठमाडौं । काठमााडौं कोटेश्वरस्थित मापसे चेक प्वाइन्ट छलेर एउटा सरकारी गाडी भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले दिँदा कोटेश्वर चोकमा मोटरसाइकलमा क्षति पुगेको छ । भागेका गाडी चालक सुवास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सो गाडी भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा चढ्ने गरेको चालकले बताएका छन् । गाडीमा शर्मा थिएनन् ।
२२ फाल्गुन २०८१, बिहिबार
1k
Shares








प्रतिक्रिया