ललितखबर
सार्वजनिक मञ्चमा उभिएर कलाकारहरुले नामै तोकेर आफ्नो प्रेमीबारे खुलेर सवालजवाफ गरेको विरलै देख्न पाइन्छ । धेरै अभिनेत्रीहरु आफ्नो नितान्त व्यक्तिगत कुरा भन्दै यो विषयमा खुल्नै चाहदैनन् ।
तर,राजधानीमा विहीबार दुई अभिनेत्री करिष्मा श्रेष्ठ र श्रृष्टि श्रेष्ठ आफ्नो प्रेम र विवाहको सन्दर्भमा खुलेर लामै कुराकानी गरे ।
चलचित्र ११ः५५ को ट्रेलर सार्वजनिक कार्यक्रममा करिष्मा श्रेष्ठले आफू प्रेमीको खोजीमा रहेको घोषणा नै गरिन् भने श्रृष्टि श्रेष्ठले अभिनेता सौगात मल्लसँग आगामी चैत्र ३ गते विवाह हुन लागेको खबर लुकाउने कोशिस गरेकी छिन् ।
सञ्चारकर्मीहरुले अभिनेत्री श्रृष्टिसँग जोडबल गरेरै के हो त? भन्दै अभिनेता सौगात मल्लसँग विवाह हुनलागेको विषयमा सोधेपछि उनले समय आएपछि आफैं खुल्ने भन्दै विवाह र प्रेम सम्बन्धबारे लुकाउने कोशिस गरिन् ।
उनले आफ्नै विवाहबारे प्रकाशिन भएको समाचारबारे भनिन्, ‘समाचार मनोरञ्जनात्मक रहेछ ।’
सौगात मल्लसँग आफ्नो कुरा हुने गरेको स्वीकार गर्दै अभिनेत्री श्रेष्ठले यसैलाई पुर्नमिलन भएको भनेर व्याख्या गरिएको हुनसक्ने उनले बताइन् । भनिन्, ‘तर त्यस्तो भने भएको छैन ।’
अभिनेत्री करिष्माले आफ्ना कुरा भन्ने कोही जीवनमा होस् भन्ने चाहेको बताइन् । भनिन्, ‘तर दुःखको कुरा अहिलेसम्म त्यस्तो मान्छे भेटेको छैन ।’








प्रतिक्रिया