१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दुखद् खबरः साँखु सलम्बुटार टहरामा टिपर पस्यो, ३ जनाको मृत्यु



टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारको अस्थायी टहरामा टिपर पस्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीले चलाएको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरामा पसेको हो ।

टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुर्घटनापछि चालक सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।