१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फागु पर्व सुरु: बसन्तपुरमा होलीको चीर ठड्याइयो



काठमाडौं । काठमाडौं हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइतअनुसार आज बिहान ८: ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । यससँगै आजदेखि औपचारिक रूपमा फागु पर्व (होली) सुरु भएको छ ।
हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिँगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।