१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध भएको छ । चारदेखि पाँच घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गरी बलम्बु वितरण केन्द्रको दुईवटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रमा शनिबार दिउँसो विद्युत् अवरुद्ध हुने जनाएको छ ।

मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । उक्त फिडर अन्तर्गतको क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

यस्तै, सतुंगल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा पनि कन्डक्टर अपग्रेडिङ कार्यका लागि फिडर सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

यस्तैगरी, रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सव स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, ¥याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, सांग्रिला होटेल हुँदै महाराजगन्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

विद्युतीय तार भूमिगत गर्न उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। निर्धारित समय अगाडि नै काम सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।