२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री आशा मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको निर्णयक मनोनित



काठमाडौं
अभिनेत्री आशा मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सको वनिर्णयक मनोनित भएकी छिन् ।
स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले वेबसाइटमार्फत उनलाई मनोनयन गरेको जानकारी दिएको छ ।
यही चैत १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ अभिनेत्री मगरातीको अभिनय रहेको चलचित्र ‘सेतो सूर्य’ले पनि अवार्ड जितेको थियो । उनलाई कथानकतर्फको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनय नगरिएको बताइएको छ ।
दीपक रौनियार निर्देशित ‘राजागञ्ज’मा मगरातीको शीर्ष भूमिका छ । यो फेस्टिभलमा सन्
फेस्टिभलको ३९ औं संस्करणको यो महोत्सवको लागि बेलायती छायाँकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर निर्णयक छन् ।
यसवर्षको फ्रिबर्ग संस्करणमा पनि मगरातीको शीर्ष भूमिका रहेको ‘राजागञ्ज’ चलचित्रसमेत प्रिमियर हुँदैछ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।