काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
चीनको तिब्बतको सिगात्से केन्द्रविन्दु भएर दिउँसो २ः३५ मा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको महसुस काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा महसुस गरिएको छ ।
साथै, भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा पनि यो भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
यसअघि शनिबार बिहान बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएका थिए ।







प्रतिक्रिया