काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा पुगेका राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘केपी चोर, देश छोड्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ’ लगायतका नाराबाजी गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं आउने कार्यतालिका रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले ज्ञानेन्द्रको स्वागतमा नागरिकहरु उतारेका हुन् । उनीहरुलाई विमानस्थल प्रवेश गर्न भने दिइएको छैन । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिएर विमानस्थल परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।







प्रतिक्रिया