२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खेल’को र्‍यापशैलीको शीर्षगीत सार्वजनिक



काठमाडौं
प्रर्दशन्मुख चलचित्र ‘खेल’को र्‍यापशैलीको शीर्षगीत सार्वजनिक गरिएको छ ।
गीतको भिडियोमा प्रमुख अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका देखिन्छन् । साथै, गायिका स्याम्मी डी रियल जी र बक्सर रश्मिला श्रेष्ठ विशेष रूपमा फिचर्ड छन् ।
गीतमा गीत रचना तथा स्वर ’स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।
आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई बलिउडका अनुभवी सह–निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् ।

यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह–निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।