१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वरमा महिलाको शव बोरामा भेटियाे,पाँच पक्राउ



काठमाडौं । गोकर्णेश्वर नगरपालिका-७ मा एक महिलाको हत्या गरी शव बोरामा प्याक गरेर फालिएको अवस्थामा फेला परेको छ। महिलाको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सर्लाही बागमती ढुंगेखोला निवासी २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडा शिखरपानी निवासी २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ–४ देउराली निवासी २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक तिपिने निवासी २० वर्षीया पूजा परियार र एक नाबालक छन्।

उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो।शनिबार मध्यान्ह करिब १२ बजे गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिक बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो।

प्रहरीले बोरामा प्याक गरिएको करिब ३५ वर्षीय महिलाको शव भेटिएको सूचना पाएपछि अनुसन्धान अघि बढाएको थियो।शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।