३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति विमानस्थलबाट पक्राउ



काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी पक्राउ परेका छन् ।

एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चोत एनसीबी काठमाण्डुको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनीविरुद्ध ‘रेड नोटिस’ जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।