ललितपुर । काठमाडौँमा मोटरसाइकल चोरी गरेको आरोपमा ललितपुरका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-९ निर्दिम घर भई हाल ललितपुर बालकुमारी बस्ने २० वर्षीय विराट पंज्ञानी रहेका छन् ।
आइतबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित सडक खण्डमा पंज्ञानीले शंकास्पद रुपले चलाइरहेको प्रदेश ३-०२-०३० प १७ २७ नम्बरको सेतो रङको २०० सीसीको एन एस पल्सर मोटरसाइकललाई फेला पारी चेकजाँच गरेको थियो ।
प्रारम्भिक अनुसन्धान गर्दा गत फागुन १ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.२० छावहाल नटोल स्थित सडक खण्डबाट हराएको बागमती प्रदेश ०२-०३५ प २६ ३९ खुल्न आएको थियो । त्यस सम्बन्धमा सो मोटरसाइकल खोजतलास गरीपाँउ भनी जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ०७ बस्ने शिवाक्ष राईले यस ट्राफिक प्रहरी कार्यालयमा हुलिया सहितको निबेदन दिएका थिए ।
पंज्ञानीलाई कानुन बमोजिम नियन्त्रणमा लिई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।







प्रतिक्रिया