१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको होइनः प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको प्राधिकरणले प्रष्ट पारेको छ ।

प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सन् २०२१ सेप्टेम्बर/अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतहभन्दा करिब १.१ मिटर मुनि पाइप बिछ्याइएको र हाल उक्त विद्युत वितरण लाइन चालू रहेको बताए । उक्त समयदेखि लाइन चालू रहेको र काठमाडौं उपत्यकाका खानेपानी लि. (केयुकेएल) को खानेपानी वितरण लाइनसँग विद्युत वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषले उल्लेख गरे ।

‘खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन’, उनले भने, ‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मि. तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो, उक्त सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गरी काम भइरहेको छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।