३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पोस्तल र लागुऔषधसहित काठमाडौंबाट एक जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० घर भई हाल गोकणेश्वर नगरपालिका-२ भाडगाउँमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशी रहेका छन् ।

जोशीले कोठामा अवैध हातहतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयनमा प्रहरी वृत्त स्वयम्भूको टोलीले खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १० राउण्ड, लागुऔषध (पोल्याण्ड) २ सय ५० ग्राम, ट्रामाडोल १० क्याप्सुल, ल्यापटप १ थान, तराजु १ थान, मोबाइल ७ थान र आई प्याड १ थान प्रहरीले बरामद गरेको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।