२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनहरी रमनटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्य, दुई घाइते



बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग११प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्बी नगरपालिका–५ निवासी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते सरितालाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सोही दुर्घटनामा परेर घाइते मोटरसाइकल चालक मृतक सरिताका श्रीमान् ३५ वर्षीय शिवकुमार चौधरी र चौधरीको साढुभाइको छोरा ५ वर्षीय अंशकुमार चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई दिने मिक्सर ट्रक र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।