काठमाडौं । काठमाडौं शंखरापुरमा टिपरको ठक्करबाट मृत्यु भएका तीन जनाको शव पाँचदिनसम्म पनि उठेकाे छैन । शुक्रबार राति शंखरापुर नगरपालिका ६ सलम्बुटारस्थित अनाथालयमा टिपर पस्दा मृत्युभएकाहरुको शव विवादका कारण मंगलबार रातिसम्म पोष्टमार्टमसम्म हुन नसकेको हो।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)का अध्यक्ष युवराज थापाका अनुसार टिपर सञ्चालकले क्षतिपूर्ति दिन नमान्दा पोर्टमार्टमसम्म हुन नसेको हो। समाजले प्रति मृतक दश लाखका दरले क्षतिपूर्ति माग गरे पनि दुर्घटना गराउने पक्षले दिन नमान्दा शव जलाउन नसकिएको थापाले जानकारी दिए।
शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। शव उठाउने विषयमा मंगलबार आश्रयस्थलमै प्रहरी पुगेर छलफल गरेको थियो। टिपर व्यवसायीसहित बुधबार बौद्धमा पुनः बसेर छलफल गर्ने भनिएको थापाले जानकारी दिए। शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको रित्तो टिपर काठमाडौँबाट मेलम्ची जानेक्रममा दश जना सुतिरहेको आश्रयस्थलमाथि बज्रन पुगेको थियो। टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनामा परी ४५ वर्षीय हरिजन, २१ वर्षका आकाश र सुमनको ज्यान गएको थियो। उनीहरु तीनै जना सुन्न र बोल्न नसक्ने अपांगता भएका व्यक्ति थिए।







प्रतिक्रिया