२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिमा फेसबुक लाइभ गरेर आत्मदाहको प्रयास



काठमाडौं । काठमाडौं चन्द्रागिरिमा एकजनाले फेसबुक लाइभ गरेर आत्मदाहको प्रयास गरेका छन्। स्थानीय उत्तम कार्कीले मंगलबार राति फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका हुन् ।

घटना थाहा पाएपछि उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पु¥याएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनको हात र अनुहारमा जलेको छ। स्वास्थ्य अवस्था सामान्य छ।

फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।