६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाँगुनारायण निरोज मृत्यु घटनाः हत्या आरोपमा बादल तामाङ कारागार चलान



काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोर निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।

६ फागुनमा बादलको घरमा उनका साथी १९ वर्षीय निरज मृत भेटिएका थिए । त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बादललाई पक्राउ गरेको थियो । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको थियो ।

२६ फागनुमा न्यायाधीश दिलिपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । प्रहरीका अनुसार निरज ५ फागुनको गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।

६ फागुनको दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ थियो । प्रहरीको टोली घटनास्थलमा पुग्दा उनी मृत भेटिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।