१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाँगुनारायण निरोज मृत्यु घटनाः हत्या आरोपमा बादल तामाङ कारागार चलान



काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोर निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।

६ फागुनमा बादलको घरमा उनका साथी १९ वर्षीय निरज मृत भेटिएका थिए । त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बादललाई पक्राउ गरेको थियो । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको थियो ।

२६ फागनुमा न्यायाधीश दिलिपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । प्रहरीका अनुसार निरज ५ फागुनको गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।

६ फागुनको दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ थियो । प्रहरीको टोली घटनास्थलमा पुग्दा उनी मृत भेटिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।