१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौं । मध्यपुर थिमि नगरपालिका वडा नं.३ गठ्ठाघर चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं.को ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा ३१ प ४४४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष ३६ को श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाइते भई उपचारको लागि भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.६ घर भई हाल भक्तपुरकै मध्यपुर थिमि नगरपालिका वडा नं ३ साँगबारी बस्ने वर्ष ४७ को चन्द्रलाल शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।