६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरका नक्कली डीएसपी काठमाडौंमा पक्राउ



काठमाडौं । काठमाडौंमा नक्कली डीएसपी पक्राउ परेका छन्। डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरका ४७ वर्षीय राजु कर्मी श्रेष्ठ पक्राउ परेका हुन्।

उनीविरुद्ध प्रहरीको महाराजगन्जको वृत्तमा उजुरी परेको थियो। उनले मकवानपुरका केदारप्रसाद पौडेल, शम्भुप्रसाद पौडेल, काठमाडौंका सुजन थापा, नारायण राउतलाई आफू डीएसपी भएको र इन्टरपोलमा कार्यरत रहेको बताउँदै आएका थिए। उनले सोही बहानामा विदेश पठाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।