चलचित्रले पहिलो हप्ताको अन्त्यसम्म आइपुग्दा अपेक्षाभन्दा निकै नै माथिको व्यापार गरेको छ । मैले सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु
काठमाडौं
गत शुक्रवारदेखि प्रदर्शनरत चलचित्र होस्टेल ३ले दर्शकको मायाँ पाएको छ भने हल सञ्चालकहरुले पनि साथ दिउका छन् ।
निर्माण पक्षका अनुसार चलचित्रले पछिल्लो समय हलमा भरिभराउ दर्शकको साथ पाइरहेको छ ।
चलचित्र ’होस्टेल ३’ले दोस्रो हप्ताको सङ्घारमा फागु पूर्णिमाको अवसर पार्दै प्रर्दशन भएका दुई नयाँ नेपाली चलचित्रहरू ’अञ्जिला’ र ’आउटलः दफा २१९’सँग बराबरी शो प्राप्त गरेको हो ।
चलचित्रलाई दर्शकको राम्रो राथ मिलेपछि निर्माण पक्ष कलाकारहरूसहित निरन्तर हलमा दर्शक भेट्न पुगिरहेका छन् । यसका निर्देशक सशान कँडेलका अनुसार ’वर्ड अफ माउथ’ सकारात्मक भएका कारण चलचित्रलाई यो सफलता प्राप्त भएको हो ।
यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।
निर्देशक कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । “चलचित्रले पहिलो हप्ताको अन्त्यसम्म आइपुग्दा अपेक्षाभन्दा निकै नै माथिको व्यापार गरेको छ । मैले सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु,“ कँडेलले बताए ।
यसै गरी, ’होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ । व्यापक शोसहित प्रदर्शनमा आएको यो चलचित्र रिलिजको लागि यसका कलाकार पदम तामाङ कतार पुगेका छन् । मध्यपूर्वका वितरक आशिष पुरुषका अनुसार त्यहाँ यसको व्यापक माग भएको छ ।
प्रतिक्रिया