३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा साढे २ सय सवारीसाधन नियन्त्रणमा



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ र चार पांग्रे १३ गरी १९५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, ललितपुरबाट दुई पांग्रे १७ र भक्तपुरबाट दुई पांग्रे ३१ र चार पांग्रे १० गरी जम्मा २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका मध्ये दुई पांग्रे २३० र चार पांग्रे २३ छन् । जसमध्ये ४९ वटा सवारी मापसे सेवन गरेकाले नियन्त्रणमा लिइएको छ । लागुपदार्थ सेवन (लापसे) गरेका ८ सवारी नियन्त्रणमा लिइएको छ । बाँकी भने ट्राफिक नियम उल्लंघन गरेर चलाइएका सवारी भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।