१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा हरिसिद्धी नाच नचाइयो



ललितपुर । ललितपुरको हरिसिद्धीमा नाचिने हरिसिद्धी नाच आज नाचाइएको छ। एक दिन मात्र मनाउने यस जात्रामा पहिलो चरण बिहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धी देवीको स्मरण गरी भक्तिपूर्वक बाध्य वादन (द्योग ल्हायगु) गरी हरिसिद्धी मन्दिर अगाडि पुग्छन्। एकैछिनको मन्दिर अगाडि पालैसित नाचेर मन्दिर माथि जान्छन्।

त्यसपछि अदृश्य नाच सुरु हुन्छ। यस नाचमा बाजाहरु भुस्या, प्वङ्गा, डमोखि, ताँः बजाउँछन्। यसरी विविध तालमा बाजा बजाउन सुरु हुन्छ। यस समयमा अगाडिको डबलीमा कोही पनि जान हुँदैन। त्यस समयमा स्वयम् हरिसिद्धी देवी नाच्ने जनविश्वास गरिन्छ।

यस पश्चात तमनारिश्व महादेवको नाच सुरु हुन्छ। यस समयमा निसन्ताले आफ्नो सन्तान प्राप्तिको लागि व्रत बसी पूजा गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।