५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कलंकीमा युवकमाथि खुकुरी प्रहार, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको कलंकीमा एक युवामाथि खुकुरी प्रहार भएको छ । बिहीबार साँझ करिब ६ बजेतिर काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सीता पेट्रोल पम्पनजिकै युवाहरूबीच विवाद हुँदा खुकुरी प्रहार भएको हो ।
त्यसक्रममा मोरङको कटारी गाउँपालिका–४ घर भई हाल कालिमाटी बस्ने वर्ष ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नुवाकोटको दुईपीपल देउराली–३ घर भई हाल काठमाडौं बाफल बस्ने २० वर्षी सुशील तामाङलाई पक्राउ गरेको छ । उनको साथबाट एक थान खुकुरी समेत बरामद भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । पक्राउ परेका तामाङमाथि काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच)को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।