काठमाडौं
राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनी स्थलमा फूलै फूलले सझाइएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनमा ‘२६ औं फ्लोरा एक्स्पो – २०८१’ को कारण प्रर्दशनी स्थल फूलले सझिएको हो । एक्स्पोमा ८२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराएको छ ।
प्रतिस्पर्धामा उत्कृष्ट फूल्ने बिरुवामा उदय गार्डन सेन्टर, उत्कृष्ट मौसमी फूलमा बस्नेत नर्सरी, उत्कृष्ट पुष्प सजावटमा महालक्ष्मी फ्लावर एण्ड डेकोर, उत्कृष्ट कट फ्लावर (जर्बेरा) मा एभरेस्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म, उत्कृष्ट कट फ्लावर ( कार्नेशन ) मा रामकोट फ्लोरल एण्ड एग्रो फार्म र उत्कृष्ट कट फ्लावर ( गुलाब ) मा एभरेस्ट फ्लोरल एण्ड एग्रो प्रा.लि. लाई पुरस्कृत गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले पुष्प व्यवसायलाई स्थानीयस्तरबाट प्रभावकारी सुधार गर्न नसकिएको बताए । श्रेष्ठले व्यवसायमा गिरावट आएको र कतिपय व्यवसायीले हात झिक्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
१ चैत्र २०८१, शनिबार
150
Shares
प्रतिक्रिया