२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


सेन्सर बोर्डले निर्देशक रौनियारलाई धम्क्याएको आरोप, चलचित्रकर्मी आक्रोसित



ललितखबर
चलचित्र राजागञ्जका निर्देशक दिपक रौनियारले केन्द्रिय चलचित्र जाँच समिती(सेन्सर बोर्ड)का अध्यक्ष श्री गजेन्द्रकुमार ठाकुरले चलचित्रको विषयबस्तु सेन्सरको विषयलाई लिएर धक्म्याएको आरोप लगाएका छन् ।

अध्यक्षको नाम उल्येख नगरि निर्देशक रौनियारले बोर्डले सेन्सरको क्रममा चलचित्र नहेरी कथा मागेको तर आफूले कथा नदिएको स्वीकार गरेका छन् ।
निर्देशक रौनियार भन्छन्, ‘बोर्डले चलचित्रको कथा हेरेर सेन्सर हेर्ने होइन ।’
राजधानीमा आयोजित कार्यक्रममा निर्देशक रौनियारले चलचित्र ‘राजागञ्ज’मा राखिएको प्रधानमन्त्रीको भाषणको अंश हटाउनका लागि सेन्सर बोर्डले निर्माण पक्षलाई अनुरोध गरेको तर निर्माण पक्षले अटेर गर्दा विवाद भएको खुल्न आएको छ ।
चलचित्रका निर्देशक अशोक शर्मा समेत चलचित्र सेन्सर गर्दा बोर्डका सदस्यहरु निरंकुश भएको बताउछन् ।
२०४६ सालको प्रजातन्त्र प्राप्तिपछि चलचित्रहरु स्वतन्त्र ढंगले बनाउन पाइने अवस्था रहेको तर ०६२ ६३ सालका् परिवर्तन र गणतन्त्र आएपछि चलचित्रमा चर्को निरंकुशता प्रर्दन गरिन सुरु भएको भन्दै शर्मा आक्रोस पोख्छन् ।
चलचित्रका निर्माता तथा अभिनेता दिपकराज गिरी सेन्सर पास भएर चलचित्र प्रर्दशन भएको हप्ता दिन बितेपछि बोर्डको दबाबपछि चलचित्रको दृश्य काट्नु परेको अनुभव सुनाए । सहकारीको आन्दोलनपछि चलचित्र छक्का पञ्जा ५ को संवाद सहकारीकर्मीको प्रतिनिधिले सेन्सरबोर्डमा दबाब दिएपछि दृश्य हटाउनु परेको उनको दुखेसो थियो ।

चलचित्रकर्मी शंकर पाण्डे सेन्सर बोर्डका सदस्यहरु चलचित्रको सेन्सरको क्रममा हेलचेक्राई गर्ने गरेको अनुभव सुनाउछन् । ‘बोर्डकै पदाधिकारीहरु चलचित्र हेर्न आधा घण्टापछि चलचित्र प्रदृशनस्थलमा आइपुग्छन् । चलचित्र हेर्ने क्रममा मोवाइलमा आँखा डुलाउछन्’ उनी भन्छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।