काठमाडौं
युवापुस्ताका लोकप्रिय कमेडिन पदम तामाङले युटुबमा मात्र होइन । चलचित्रमा समेत जादु छर्नेवाला देखिन्छन् ।
उनको डेव्यु चलचित्र ‘होस्टेल ३’ मार्फत उनी ‘जिताङ राई’को रुपमा उदाएका छन् । कमेडी विक्ने नेपाली चलचित्रमा उनको आर्गानिक कमेडी मिठ्ठो छ ।
दर्शकले चलचित्र हलबाट बाहिरिने क्रममा तामाङको चरित्र मन पराएको बताउदै आएका छन् ।
भारतको सिक्किमबासी तामाङले गरिमा इन्टरटेनन्टमेन्ट युटुब च्यानलमार्फत भिडियो बनाउदै आएका उनी रमाइलो गफ गर्न खप्पिस छन् भन्ने धेरैलाई थाहा नै थियो ।
पल शाहसँग खेल्ने भनेको चलचित्र ‘मायाका रंगहरु’को घोषणामै सिमित भएता पनि ‘होस्टेल ३’नै उनको डेब्यु बन्यो । युटुबमा मात्र होइन उनी हलमै दर्शकलाई हसाउने व्यस्त छन् ।
यसअघिको होस्टेलबाट अनमोल,सुशील,नाजिर,स्वस्तिमाले चर्चा पाए जस्तै पदमको पनि दिन त नखुल्ला भन्न सकिन्न । आठ लाख जनसंख्या भएको सिक्किमबाट नेपाल आएका
अर्गानिक लवज,अर्गानिक आवाजले दर्शकको मन नेपालको बुद्धि तामाङकै ठाँउ लिने देखिन्छ । संशाक कँडेलको निर्देशनमा बनेको यो चलचित्रमा टिकटकर पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ ।
१ चैत्र २०८१, शनिबार
292
Shares
प्रतिक्रिया