२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्दरीजलमा टिपर र बोलेरोमा च्यापिएर युवकको निधन



काठमाडौं
काठमाडौंको सुन्दरीजलमा टिपर र बोलेरोको कारण एक मोटरसाइकल चालक युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बिपिचोकबाट एक टिपरले बोलेरो तानेर गन्तव्यतर्फ लैजाने क्रममा मोटरसाइकल च्यापिएर युवकको निधन भएको हो ।
शुक्रबार बेलुकी बा.५ ख ११६८ नम्बरको टिपरले टुचिन लगाई गोकर्णतर्फ तान्दै ल्याउँदै गरेको बा.१२ च २६९७ नम्बरको बोलेरो गाडीमा बा.४८ प ३६४० नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । सो दुर्घटनाका क्रममा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–१ सानीटारी बस्ने ३७ वर्षीय अनुज ढकालको निधन भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर र बलेरो गाडीका चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।