३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको सिनामंगलमा ईलेक्ट्रिक स्कुटरमा चार्ज गर्ने क्रममा आगलागी



काठमाडौं
काठमाडौंको सिनामंगलमा एउटा स्कूटर चार्ज गर्ने क्रममा आगलागी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगल बिनायक टोल डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१ घर भएकी ३५ वर्षीया बिमला गुरागाईको बा प्र–०२–०३८ प २९०६ नम्बरको ईलेक्ट्रिक स्कुटरमा चार्ज गर्ने क्रममा गए राति आगलागी हुँदा स्कुटर जलेर क्षति भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–७ सिफलस्थित चन्द्रागिरी नगरपालिका–१२ घर भएका ३७ वर्षीय नन्द कुमार तन्डुकारको ओमकार उड कार्भिङ प्रालिमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब २ लाख रूपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।