३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डोरी’मा डोरी खोज्दा भोग्नु परेको जात्रा



काठमाडौं
चलचित्र जात्रा सिक्वेलमा पैसा र सुनको खोजीमा भौतारिएका पात्रहरु देखाइएको थियो ।
सामान्य कथामा बुनिएको यस्तै रोचक कथाहरुको श्रृखला पछिल्ला चलचित्रहरुमा देख्न पाइन्छ ।
एउटा विधा(जनरा) र शैली चलचित्रमा हिट बनेपछि उस्तै उस्तै चलचित्र आउनु नेपाली चलचित्रका लागि नौलो कुरा होइन । एक्सन चलचित्र बिक्न थाले तस्करै यस्ता चलचित्र बन्छन् । रोनाधोना चल्न थाले उस्तै दर्जनौं चलचित्रहरु बक्स अफिसका लागि तयार हुन बेर नै लाग्दैन।
जत्रा श्रेखलामा सुन र पैसाको बोराको खोजी भएजस्तै एउटा सामान्य डोरीलाई विषयबस्तु बनाएर निर्माण भएको चलचित्र ’डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र डोरीमा देखाइएका पात्रहरु पनि सामान्य नै देखिएका छन् ।
आइतबार काठमाडौंको एक समारोहको आयोजना गरेर लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल,लगायतको उपस्थितमिा ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रको ट्रेलरमा सबै पात्रहरु डोरीको खोजीमा रहेका छन् । डोरीका लागि मारकाट मात्रै हुँदैन करोडौं रुपैयाँको चलखेल समेत रहेको देखाइएको छ ।
धर्मकर्मसँग जोडेर बुनिएको कथामा थ्रिल तथा हरर दृश्यहरू समेत रहेको अनभव हुन्छ ।
कार्यक्रममा बोल्दै निर्देशक अरुण लामाले थ्रिल र हररलाई ’दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । उनले भने, ’यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।“

चलचित्रमा कलाकारहरु प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका उनी आफैँले प्रमुख भूमिका निभाएका छन् ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् ।
चलचित्र यही चैत १५ गते प्रर्दशनको योजना निर्माण पक्ष रहेको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।