३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


जुम्ल्याहा टिकटकर कलाकार प्रिज्मा र प्रिन्सी तनावमा



ललितखबर

पछिल्लो समय जुम्ल्याहा टिकटकर कलाकार प्रिज्मा र प्रिन्सी तनावमा छन् ।
टिकटक हुँदै कला क्षेत्रमा उदाएका कलाकार प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा पछिल्लो समय प्रहरी कार्यालय धाउन थालेका हुन् ।
चरित्र हत्याको विषय बोकेर सागर लम्साल ‘बले’विरुद्ध उनीहरु प्रहरी कार्यालय धाउन थालेका हु्न् ।
टेलि चलचित्रमा अभिनयको क्रममा कलाकार सागर लम्सालसँग मनमुनाव भएपछि उनीहरुबीच सम्बन्ध चिसो भएको हो ।
सञ्चारमाध्यमहरुमा प्रेम सम्बन्ध र ब्रेकअपको चर्चा भएको र सोही विषय पटक पटक सार्वजनिक हुँदा आफ्नो व्यक्तिगत जीवनमा असर परेको भन्दै उनीहरु प्रहरी कार्यालय पुगेका हुन् ।
चलचित्र लाज शरणम्को प्रचारको क्रममा सागर लम्साल ‘बले’चर्चित कमेडी शो कमेडी दरवारमा ‘मलाई टिकटकर फाप्दैन’ भन्ने संवाद प्रयोग गरेपछि उनीहरु साइवर व्युरो पुगेका थिए ।
कमेडी कार्यक्रमसँगै लम्सालले टेलिचलचित्रमा समेत व्यङ्य गरेको विषयमा चित्त दुखाएकी हुन् । तर कमेडीको विषयलाई रमाइलोको रुपमा लिनु पर्नेमा उजुरी नै दिएको भन्दै चलचित्र क्षेत्रमा चर्चा भएको थियो ।
उनीहरु भने ६ महिनाअघि यो विषय थप नउठाउने भन्दै मेलमिलाप भए पछि पनि फेरि उछालेको भन्दै हाँसो ठट्टाको विषय नभएको बताएका छन् ।
सागर लम्साल ‘बल’ले पटक पटक चरित्र हत्याका लागि आफूहरुको प्रेम सम्बन्धको विषयलाई चर्चामा ल्याएको उनीहरुको दाबी छ । ‘बले’ले विवाह गरिसकेको अवस्थामा पटक पटक सो विषय नउठाउन आफुहरुको अनरोधलाई अटेर गरेको उनीहरुले एक टेलिभिजन कार्यक्रममा समेत बताएका छन् ।

उनीहरुले धेरै नेपाली गीतहरुमा नृत्य र अभिनय गरेका छन् mभने टेलिचलचित्र सक्किगो निमा समेत अभिनय गरेका छन् । पछिल्लो समय भने उनीहरु कलाक्षेत्रमा निश्क्रिय छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।